Logo

पुलिसको बर्दी लगाएका बन्दुकधारीको हमलामा क्यानडामा १० को मृत्यु



एजेन्सी, ८ वैशाख । एकजना शंकास्पद बन्दुकधारीले प्रहरीको बर्दी लगाएर अन्धाधुन्दा गोली चलाउँदा क्यानडामा १० जनाको मृत्यु भएको छ । १२ घन्टाको घम्साघम्सीबीच ग्रामीण शहर पोर्टापिकमा प्रहरी अधिकृतसहित बन्दुकधारी समेत मारिएका छन् ।

शनिबारबाट शुरु भएको घटनामा बन्दुकधारीको पिछा गरेको प्रहरीले १२ घन्टापछि मात्र भेटेको थियो । घटना शुरु भएको १२ घन्टापछि मात्र शंकास्पद बन्दुकधारी मारिएकाले अझै मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँका प्रहरी प्रवक्ता क्रिस वेदरले अझै मृतक बढ्नसक्ने बताएका छन् ।

शंकास्पद बन्दुकधारी

प्रहरीले शंकास्पद बन्दुकधारी गेब्रियल वटम्यान मारिएको जनाएको छ । उनी प्रहरी बर्दीमा थिए । क्यानडामा सामूहिक हत्याको घटना सायदै हुनेगरेकोमा यसपटक यो घटना भएको हो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्