Logo

युरोपमा ६ करोड रोजगार संकटमा



एजेन्सी, ८ वैशाख । युरोपमाा ६ करोड रोजगार संकटमा परेको छ । यो युरोपेली युनीयन र बेलायत दुवैमा कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको उपज हो ।

मिसकिन्सीको नामको परामर्श केन्द्रको सोमबार प्रकाशित रिपोर्ट अनुसार युरोपमा बेरोजगार निकै बढेको र ६ करोड रोजगारको अवसर संकमा परेको छ । यो एक वर्षसम्म रहने जनाइएको छ । चारमध्ये एक रोजगार घट्ने र संकटमा पर्ने भनिएको छ ।

साँढे ५ करोड रोजगार निकै जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । निर्माण, होटल, कला, पकवानलगायतका क्षेत्र निकै जोखिममा परेका छन् । साना रोजगारदाता निकै समस्यामा परेको भनिएको छ ।

अमेरिकामा २ करोड २० लाखभन्दा बढी मानिस बेरोजगार भइसकेको तथ्यांक सार्वजनिक भइसकेको छ । त्यहाँ उक्त संख्याका मानिसलाई बेरोजगार भत्ता दिन थालिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot