Logo

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु तलब कट्टा नगर्ने सरकारको निर्णय



काठमाडौँ ८ वैशाख : सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णय सहितको पत्र सबै मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिएका हुन् ।

यस अघि कारोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राहत कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब नकाट्ने निर्णय गरेको थियो ।

कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि सात दिनसम्मको तलब कट्टा गरिएको छ ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्