Logo

केपी ओलीले महाभूल गरे : केसी



काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य अर्जुननरसिंह केसीले सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने भनेर गरेको निर्णयको कडा आलोचना गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेलगत्तै पत्रकार ऋषि धमलासँगको कुराकानीमा केसीले उक्त निर्णयको विरोध गरेका छन् ।

केसीले भने,”यस्तो निर्णय गर्नु ओलीको दम्भ र अहंकार हो । कोरोनाविरुद्ध मुलुक जुधिरहेको बेलामा यस्तो निर्णय गर्नु बेमौसमको बाजा हो । ओलीले महाभुल गरे । यो निर्णयमा कांग्रेसको पूर्ण असहमति छ । अदुरदर्शी निर्णय हो ।” उनले आफ्नो पार्टी नफुट्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्