Logo

जर्नादन शर्माको प्रश्न- अरु पार्टी फुटाउन किन आवश्यक ?



काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य जर्नादन शर्माले सरकारले आज निर्णय गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमाथि गम्भीर आशंका व्यक्त गरेका छन् । उनले यसमा अन्य राजनीतिक नियत देखिएको आशंका व्यक्त गरेका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका शर्माले दुई तिहाई बहुमत आफैसँग हुँदा हुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो भनी प्रश्न गरेका हुन् । प्रचण्ड निकट शर्माले ट्वीट गर्दै आशंकासहितको शब्द समेत राखेका छन् । उनले लेखेका छन्,-दुई तिहाई बहुमत आफै संग  हुँदा हुँदै  अरु पार्टी फुटाउन  किन  आवश्यक भयो  ?   कतै ……!!

सरकारले आज निर्णय गरी सिफारिश गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले केही घन्टामै प्रमाणिकरण गरेकी छिन् । यसले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्