Logo

कब्जियत किन हुन्छ (उपचार विधिसहित)  



कब्जियत हुनुको मतलब दिशा गर्नमा गाह्रो हुने वा दिशा सामान्य भन्दा कम आउनु हो । कब्जियत एक यस्तो स्थिती हो जुन व्यक्तिको पाचन तन्त्र खराब हुन्छ, उसको कारण जे खादा पनि पचाउन सक्दैन । यो सामान्य नै हो गम्भीर होइन ।

कब्जियत आन्द्राको यस्तो स्थिती हो जसमा मल निस्कनेको मात्रा कम हुन जान्छ, दिशा कडा भई जान्छ, यसको गती घट्छ वा दिशा निष्काशन हुने समयमा धेरै बल प्रयोग गर्न पर्छ । दिशा गर्नेको गति हरेक व्यक्ति अनुसार फरक फरक हुन्छ । हप्तामा तीन दिनबाट धेरै सम्म शौच नआउने धेरै लामो हो । यतिबेला कब्जियतको स्थिती बन्न जान्छ, दिशा गर्नमा मुश्किल र धेरै कठिनाई हुन्छ ।

लक्षण

  • दिशा गर्न धेरै बल लगाउनु पर्ने
  • दिशा गर्न धेरै गाह्रो हुने, दैनिक दिशा नआउने
  • जिब्रोको सेतो भाग जाने र मुखको स्वाद बिग्रने
  • भोक नलाग्ने, उल्टी आउने
  • बाथरुममा गएर आधा दिशाको भावना आयने, पेट दुख्ने, पेट सुन्निने

कारण

  • आहारमा फाइबरको कमी
  • शारीरीक निष्क्रियता
  • औषधि सेवन
  • दुधका उत्पादनको धेरै सेवन
  • गर्भवती
  • बढ्दो उमेर
  • सामान्य रुटिनमा परिर्वतन
  • लैक्सेटिवको धेरै प्रयोग
  • समयमा नै शौचमा नजानु
  • निर्जलीकरण (केही सोडा र पेय पद्धार्थमा कैफिन हुन्छ जसले निर्जलीकरण पैदा गरी कब्जियत धरै बढाइदिन्छ ।
  • अन्य रोगको कारण–क्यान्सर (किमोथेरापि)

उपचार

यो धेरै दर्दनाक हुन्छ जब मल आन्द्रामा फैलिन्छ र तपाइँको कोशिकामा भएको मल बाहिर निकाल्न धेरै जोर र उर्जा चाहिन्छ । कहिले कहिले धेरै दबाब लगाउदा पनि मल बाहिर निस्कदैन ।

  • सागसब्जीको धेरै प्रयोग
  • मैदाबाट बच्ने
  • व्यायाम गर्ने
  • अनिन्द्रा नबस्ने



प्रतिक्रिया दिनुहोस्