खाना खाएपछि ग्याँस, सुन्निने, पेट खराब हुने, कहिले कहिले कब्जियत वा थकान जस्ता पाचन समस्याहरुबाट मानिसहरु पिडित छन् । आज हामी यहि समस्याको विषयलाई लिएर चर्चा गर्छौ । मजबुद पाचनतन्त्र हुन यी समस्याहरुबाट बच्नु आवश्यक हुन्छ ।
१. आयुर्वेदको अनुसार काम गर्ने समयमा भोजन नगर्नुःउठेर, ड्राइभिङ गर्दागर्दै, बाटोमा हिड्दा हिड्दै भोजन गर्नु हुँदैन । यदि समयको अभाव भएपनि मिलाएर बसेर नै भोजन गर्नु पर्छ ।
२. खानाको मज्जा लिनुपर्छ ः खानाले हामीलाई जीवन दिन्छ । जब हामी तल बसेर खाना खादाँ हाम्रो ध्यान खानाको स्वाद र भोजनको सुगन्धमा रहन्छ र जसले हाम्रो पाचनमा धेरै सुधार गर्दछ ।
३. चिसो पेय पद्धार्थ नपिउनेः फ्रिजबाट निकालिएको चिसो दुधको सेवनले हाम्रो पाचन तन्त्रको लागि राम्रो हुँदैन । यसैले हामीले तापमान अनुसारको जुस वा पानीको सेवन गर्नु पर्छ ।
४. खाना सहि समयमा खानेः रातीको ८ बजेस भोजन गरीसक्नुपर्छ । राती १० बजेपछि गरेको भोजनले हाम्रो शरीरमा विषाक्त पद्धार्थ जम्मा गर्दछ र यसको परिणाम पछिल्लो दिनमा थकान महसुस गराउछ ।
५. लस्सीको सेवन बढाउनेः पाचन स्वास्थ्य सुधार गर्ने दही सबैभन्दा राम्रो उपचार हो । लस्सीमा हलके र आवश्यक ब्याक्टेरीया हुन्छ जुन खादाँ पाचन प्रणालीलाई मद्दत गर्छ ।
६. आयुर्वेदिक औषधि त्रिफलाको सेवन गर्नेः त्रिफलाले पोषक तत्व वृद्धि गर्दछ । त्रिफला पेटको विषाक्त पद्धार्थलाई सफा गर्नमा धेरै उपयोगी हुन्छ ।