Logo

यो मन्दिरमा विना घ्यु पानीमा बत्ती बल्छ



भारतको एक मन्दिरमा देवी माताको चमत्कारबाट पानीबाट ज्योती बल्छ । यो मन्दिरमा मात्र तेल, घ्युबाट नभई पानीबाट दियो बल्छ । यो कुनै कहानी नभई वास्तविकता हो गडियाघाट नामको यो प्रख्यात मन्दिर कालीसिन्ध नदीको किनारमा नलखेडा गाउँबाट १५ किलोमिटर टाढा गाडिया गाउँमा अवस्थित छ ।

माताको यस मन्दिरमा यस्तो चमत्कार देख्न सकिन्छ । जसमा दियो पानीबाट जलेको देख्न सकिन्छ । कालीसिन्धको नदीको किनारमा रहेको यस मन्दिरमा हुने चमत्कार देखेर हेर्ने कसैको सिर आफै श्रद्धा भावले झुक्ने गर्दछ । पहिला सधै तेलमा दियो बाल्ने बताउदै मन्दिरका पुजारीले पछिल्लो समयमा एक दिन पुजारीको सपनामा पानीको दियो बाल्न भनियो उक्त दिनदेखि दियोमा पानीको दियो बाल्ने गरेको बताउछन् । माताको यस्तो चमत्कार हेर्न मानिसहरु टाढा टाढाबाट आएर माताको चरणमा श्रद्धाभाव राख्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्