Logo

लकडाउन उल्लंघन गरी नवाज



कपिलवस्तु, ८ वैशाख । लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा १४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मायाँदेबी गाउँपालिका धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा मायाँदेबी गाउँपालिका धुपहीका महोम्मद अलि मुसलमान लगायत १४ जना पक्राउ परेका हुन् ।

उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot