Logo

फलामको रडले हानेर छोराद्धारा बाबुको हत्या



धनुषा, ८ वैशाख । आफ्नै बुबालाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बुबा ५५ वर्षीय शौकिया सदालाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा शहिदनगर नगरपालिका डुमरियाका नथूनि सदा पक्राउ परेका हुन् ।

घरायसी बिवादको कारण नथुनिले आफ्नै बुबालाई टाउकोमा फलामको रडले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुवा र प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्