Logo

गगन थापाले भने- प्रधानमन्त्री ओलीसँग सरकार चलाउने वैधता अब रहँदैन



काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार चलाउने वैधता अब नरहेको टिप्प्णी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले संविधानको मर्म विपरितका कदम चालेको भन्दै संकटको यो घडीमा चालेको कदमले सरकार चलाउने वैधता समाप्त गरेको बताएका हुन् ।

सरकारले ल्याएका दुईवटा अध्यादेश विवादमा परिरहँदा ओलीको कडा आलोचना गर्दै थापाले ओलीसँग सरकार चलाउने वैधानिकता रहेपनि वैधता अब नरहेको बताएका हुन् ।

उनले लेखेका छन्-महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।



प्रतिक्रिया दिनुहोस्