Logo

प्रधानमन्त्री ओली एकपछि अर्को गर्दै चुक्नुभयो- रामकुमारी झाँक्री



काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँकीको पृथक परिचय छ । प्रष्ट बोल्ने उनी आफ्नै दलको सरकारको समेत आलोचनाका कारण चर्चामा छिन् । झाँक्रीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले गरेको विशेष कुराकानीः
तपार्इंं पछिल्लो समय सरकारको आलोचना गरिरहनुभएको छ नि ?
मैंले सरकारको आलोचना गरेको छैन । आफू कहाँ बसेको छु भनेर नबुझेकाले आलोचना भन्छन् । अथवा यसलाई सरकारको हट सिटमा बसेकाले आलोचना सम्झन्छन् । तर, तल्लो वर्ग अथवा सकडमा भएकाले जनता हाम्रो आवाज बोलिदिएको हो भनेर खुशी हुन्छ । मैंले अहिले भए गरेका सरकारका क्रियाकलापमा कुरा उठाएको हो आलोचन गरेको होइन आफ्नै सरकारको किन आलोचना गर्नुपर्यो ।
होइन मिडियामार्पmत सरकारको आलोचन गरेको देखिन्छ ?
अहिले म पार्टीको केन्द्रीय सदस्य हुँ, सांसद पनि छु । पार्टीको कुरा हरेक विषयमा डिफेन्स गरेर लागिराखेकी छु । त्यस्तो एकतर्फी ढंगले विरोध गर्ने पक्तिमा कसरी परेँ त ।
प्रधानमन्त्रीलगायत मन्त्रीहरुले अहिलेको अवस्थामा राम्रो काम गरिराखेका छन ?
त्यसको बारेमा मैंले कसरी एकिन गर्न सक्छु र ।
राम्रो काम के के छन् र नराम्रा के के छन् ठ्याक्कै भन्नुस् है ?
यो सरकारबाट राम्रा काम त भइराखेका छन् । योभन्दा ज्यादा के गर्न सकिन्छ भनेर नपुगेका कामको खोजी गरेको हो ।
कोरोना रोकथामका लागि के के गर्नुपर्छ त सरकारले ?
कोरोना भनेको के हो, यो महामारीबाट केसरी बच्न सकिन्छ ? फैलिन नदिनका लागि के के उपाय अपनाउन सकिन्छ भन्ने कुरा एक पटक पनि छलफल नगरी सरकारले एकैचोटी लकडाउन ग¥यो । त्यसले अलिकति समस्या भयो । तर, यसरी एक्कासी लकडाउन गर्दा पनि क्वारेन्टाइनमा राख्ने, आइसुलेसनमा राख्ने, परीक्षण गर्ने संक्रमित देखिएकालाई उपचार गर्ने काम सरकारले गरिराखेको छ । हरेक १०० वर्षपछि यस्तो महामारीहरु आउँदा रहेछन् । त्यसकारण त्यो देखे-भोगेका कोही छैनन् । यो महामारी हामी सबैको लागि नयाँ अनुभव हो । नयाँ अनुभबमा पनि सरकार यसको रोकथाम र व्यवस्थापन गर्न सफल भएको छ ।
रोकथाम र नियन्त्रणमा सरकार सफल भएको हो त ?
नेपालमा आजसम्म भएको कोरोनाको संक्रमणलाई हेर्दा दोस्रो अवस्था भनेका छन् विज्ञहरुले । यो बेलासम्म सरकारले गरेका कामहरु ठिकै छन् ।
यतिले मात्रै पुग्दैन भन्ने गुनासो छैन ?
छैन, यति पनि हुँदैन कि भन्ने डर लागिरहेको थियो । यतिसम्म भयो त्यसको लागि सरकारलाई राम्रै भन्नुपर्छ ।
त्यसोभए प्रधानमन्त्रीले आजसम्म गरेका सबै काम राम्रा छन् ?
उहाँले राम्रो गरेको राम्रै भएको छ । नराम्रो गरेकोलाई नराम्रै भन्नुपर्छ ।
नराम्रा काम चाहीं के के छन् ?
मैंले भन्नुभन्दा पनि विभिन्न मिडिया, सोसल मिडियाहरुमा आइराखेका छन् नि । जस्तै स्वास्थ्य सामाग्रीमा भएका भ्रष्टाचारका कुरा । विभिन्न बिजनेस घरानाका व्यक्तिहरुसँग भएका टेण्डर, ठेक्का कुराहरु छन् । यति गु्रपदेखि ओम्नीसम्म आइपुग्दा त प्रधानमन्त्रीलाई पुरै विवादमा तानिएको छ नि । उहाँले यो अनियमितता गर्नेहरुलाई यो मौका दिनुहुँदैन थियो ।
त्यसोभए भ्रष्टाचारलाई तह लगाउन प्रधामन्त्रीले सक्नुभएन ?
त्यसको बारेमा औपचारिक रुपले महालेखाको प्रतिवेदन आउला । जे–जति कुराहरु आएका अनुसन्धामा रेकर्ड गर्ने विषय नै हुन् । पहिलादेखि भएका भ्रष्टाचार मु्द्दाका फैसलाहरु भएका थिए । त्यो पनि राम्रै भएको थियो । तर पछिल्लो समय भएका डरलाग्दा भ्रष्टाचार र अनियमितताले प्रधानमन्त्रीलाई झन् बद्नाम बनाएको छ । प्रधानमन्त्री गर्न सक्नेभन्दा गर्न नसक्ने र सम्भवै नभएका कुराको हल्लातिर बढी लाग्नुभयो । जुन कुरा अहिले आवश्यक भन्दा पछि यो समयमा प्राप्त हुनै सक्दैनथे । जस्तो, चुच्चेरेल, पानीजहाज, घर–घरमा ग्याँसका पाइलाइन, समृद्ध नेपाल सुखी नेपाली अन्तर्गत यी कुराहरु तत्काल हुने विषय थिएनन् । उहाँको सचिवालयमा राम्रो विज्ञ टिम भएको भए प्रधानमन्त्रीलाई यस्ता विषयमा बोल्न लगाइँदैन थियो होला । १५३४ अर्बको बजेटमा यी सबै काम त हुने थिएनन् । यसरी अहिलेको पुँजीले नभ्याउने कामतिर विषयान्तर गरियो त्यसले गर्दा मान्छेलाई सरकारको आलोचना गर्ने मौका मिलेको हो । यस्ता महत्वकांक्षी कुरामा फेरि प्रधानमन्त्रीले जिद्दि गरिरहनुभयो । उहाँजत्तिको मान्छेले यस्ता कुरामा जिद्दि गर्नुपर्ने जरुरी पनि थिएन ।
नेकपामा जुन खालको जनमत थियो त्यसलाई व्यवस्थापन गर्न प्रधानमन्त्री चुक्नुभयो हो ?
यही अहिलेको कोरोना भाइरसका विषयमा पनि कतिपय अपारदर्शीका कुरा, स्वास्थ्य सामाग्री खरिद प्रक्रियाका कुरा, विज्ञसँग गर्नुपर्ने समन्वयका कुरा यसरी छ्यालब्याल नआइदिएको भए पनि कही न कही राम्रो म्यासेज जानेथियो । काम छिटोछरितो र सुस्त दुरुस्त बनाउन भनेर उच्चस्तरीय समिति बनाइयो । त्यहीं भित्र अनेक प्रकारका अनियमितताका छुताछुल्ला भए । त्यो नभइदिएको भए पनि अतिकता विवादबाट जोगिने थियो । चोरैतिर विवादमा आइसकेपछि फेरि प्रधानमन्त्री यसमा अनियमितता भएको छैन भन्नुभयो । यो विषयमा पनि उहाँ चुक्नुभयो । पछि ओम्नी समूहसँग खरिद सम्झौता राखिएपछि एकाएक फेरि मैले निर्देशन दिएँ भन्नेसम्मको पनि कुरा बाहिर आयो । २४, २५ गतेको पार्टीको सचिवालय बैठकमा त्यही विषयलाई मेरो जानकारी नभएको कुरा हो भन्नुभयो । फेरि एउटा अनलाइनमा अन्तर्वार्ता दिँदा स्वास्थ्य सामाग्री खरिद सम्बन्धमा मलाई थाहाँ नै थिएन महानिर्देशकले गरेको हो भन्नुभयो । यसरी देशको प्रधानमन्त्रीले एउटै विषयमा पटक–पटक बोली फेरेपछि आलोचित त भइहालिन्छ नि ।
प्रधानमन्त्री ओलीले जनताको मन जित्न सक्नुभएन भन्न खोज्नुभएको हो ?
यो सरकारको अवधि मध्यान्तर भएको छ । अझै साँढे दुई वर्ष अवधि बाँकी छ । त्यो समयमा जनताको मन जित्दै, पार्टीलाई एकढिक्का बनाउँदै, समकालीन राजनीतिक दलसहित मुलुकलाई एकताबद्ध गरेर यो संकट र आगामी दिनमा कुशलतापूर्वक नेतृत्व गर्नुभयो भने उहाँ सफल हुनुहुन्छ । होइन भने गाह्रो छ । यहाँ एउटा व्यक्तिले गरेका फेस बुक स्टाटसमा सचिवालयको घण्टौं बैठक प्रभावित हुने । कुनै व्यक्तिको सामाजिक सञ्जालमा आएका टिप्पणीका बारेमा घण्टौं बैठक बस्नुपर्ने त्यो त अनुत्पादक भयो नि । यस्ता कुरा त कुनै न कुनै माध्यमबाट बाहिर आइहाल्छन् । त्यसले जनता निराश हुन्छन् । यस्ता विषयलाई बुझेर कुन विषयलाई कति महत्व दिने कुन विषयले जनताको मनजित्न सकिन्छ भन्ने कुराको हेक्का राखेर प्रधानमन्त्रीले हामीलाई काम गर्ने वातावरण दिनुपर्छ ।
प्रधानमन्त्री ओलीको विल्पको खोजी हुनथाल्यो भन्ने समाचार आउन थालेका छन् नि ?
आजको दिनमा उहाँको विकल्प छैन । यो नेकपाको बहुमतको सरकार हो । त्यसको अध्यक्ष केपी ओली हो । त्यसकारण पनि सरकारको विकल्प छैन ।
उहाँ पाँच वर्षकै प्रधानमन्त्री हो त ?
अहिले त हो नि । हिजो उहाँहरुले पार्टी एकीकरण गर्दा के लेनदेन गर्नुभएको छ । हाम्रो जानकारीको विषय होइन । आज सिनेको कुरा गर्दा उहाँ पाँच वर्षकै म्यानडेट पाएर आएको नेता हो । हिजो चुनावमा जाँदा पनि हामीले उहाँलाई एक्पोज गरेरै गएका हौं ।
केपी ओलीकै कारण नेकपाले बहुमत ल्याएको हो ?
उहाँ पनि एउटा हो । किन भने उहाँ अध्यक्ष नभएको भए पार्टी पनि एकता हुने थिएन । अरु कसकसले बखेडा झिक्थे । स्वयम उहाँले नै पार्टी एकता गर्न दिनुहुन्थ्यो कि हुन्थेनन् तमाम कुराहरु छन् । २०६२/०६३ देखि २०७१/०७२ सम्म केपी ओली र प्रचण्डबीचको तिक्ततालाई हेर्ने हो भने स्केल कहाँ पुग्छ ? त्यस्तो हुँदाहुँदै पनि एकाएक पार्टी एकता भयो । तर त्यहीं ठाउँमा झलनाथ अथवा माधव नेपालले नेतृत्व गरेको भए पार्टी एकीकरण नहुन पनि सक्थ्यो । त्यसकारण उहाँ कारक व्यक्ति हो ।
राष्ट्रपतिले पनि सुविधासम्पन्न गाडी किन्ने पैसा कोरोना नियन्त्रणमा खर्चने भनिएको छ नि ?
त्यो राष्ट्रपति निर्णय हो र ? त्यो अर्थमन्त्रालयको निर्णय हो भनेर समाचार आएको छ ।
तपाईंले पहिला राष्ट्रपतिको पनि विरोध गर्नुभएको थियो नि ?
मैले राष्ट्रपतिको विरोध गरेको होइन । संस्था चाहीं गणतन्त्रको जस्तो हुनुपर्छ भन्न खोजेको हो । राष्ट्रपतिले गाडी किन्ने पैसा कोरोनालाई दिने भएको होइन । अर्थमन्त्रालयले अब मुलुकमा कोरोनामा खर्च गर्नुपर्ने भयो पुँजीगत खर्च नगरौं भनेर चैत २० गते खरिद स्टमेट परिपत्र रोक्का गरेको हो । अर्थमन्त्रालयमा पनि कहाँ खर्च गर्ने भन्ने शीर्षक हुन्छन् त्यसैले त्यो शीर्षकबाट खर्च गर्न रोक्का गरिएको हो । सरकारको ढुकुटीको पैसा खर्च नगरेपछि राज्यकै ढुकुटीमा हुन्छ । तर, अस्ती ५ गते राष्ट्रपति कार्यालयबाट एकजना कर्मचारीको नाममा एउटा पत्र आएको देखेँ त्यो देखेर मलाई हासो लाग्यो । किन सरकारको चेन अफ कमाण्ड र निर्णयहरु कस्ता हुन्छन् भन्ने कुरा कम्तिमा सांसद भएपछि मैले पनि थाहा पाउँछु ।
निर्णय पहिलै भएको थियो ?
गते चैत १९ गते निर्णय गरेको २० गते परिपत्रै गरेको थियो ।
त्यसोभए परिपत्र पहिल्यै भएको थियो ?
हो पहिल्यै भइसकेको हो ।
त्यसोभए अहिले राष्ट्रपतिले गाडी किन्नको लागि लिएको रकम फिर्ता गर्नुभयो भन्नु गलत हो ?
हो, यसमा कुरा उठिहाल्यो अनि अहिलेको बेलामा राष्ट्रपतिले मितव्ययता अपनाएको भनेर देखाउन गरे जस्तो भयो क्यो । यस्तो खालको नाटकीय काम पनि गर्नुपरेन नि । यो सरकारकै पैसा हो । उहाँको व्यक्तिगत होइन नि । उहाँको आफ्नो तलब सुविधाबाट दुई वर्ष, एक वर्ष, एक महिनाको पैसा कोरोना कोषमा हाल्छु भनेको भए पो समाचार हुन्छ । सरकारको ढुकुटीको पैसामा खाली खर्च शीर्षक परिवर्तन भएको हो । अनि राष्ट्रपति कार्यालयले खर्च कटौती गर्यो भनेर लेख्नुपर्ने कुनै समाचार होइन ।
मान्छेले राष्ट्रपतिले गाडी किन्ने पैसा दिनुभयो भन्ने बुझे नि त ?
यो सरासर भ्रम फैलाउने काम गरियो । फेरि मान्छेले प्रक्रिया पनि बुझेनन् । त्यो भएर यस्तो हल्ला भएको हो ।
गणतन्त्रको अभिभावक राष्ट्रपति हो ?
हो । अझ हाम्रो देशको प्ररिप्रेक्ष्यमा त ड्रिम इन्टिच्युसनल । किन भने योभन्दा पहिला यो शासनपद्धति नै थिएन । हिजो हामी यो व्यवस्था ल्याउनका लागि आन्दोलन गरिरहँदा राष्ट्रपति भनेको वंशज, परम्पराबाट आएको हुँदैन, त्यो त हामी जस्तै जनताको छोराछोरी हुन्छ, राजामहाराजभन्दा सहज हुन्छ । त्यो मान्छे हुन्छ भनेर परिकल्पना गरिन्थ्यो । त्ये बेलामा हामीले बुझेको त्यो तर अहिले बनाउँदा बनाउँदा उही राजतन्त्रकालीन अर्को संस्था बनाइयो । हिजोको त्यो अवस्था र आजको हाउभाउ, खानपान, रवाफले प्रतिबिम्ब नदिएको जसतो छ । किन भने उहाँका बारेमा पटक–पटक सार्वजनिक रुपमा आलोचनाहरु भइराखे । गणतन्त्रको राष्ट्रपति साधारण जीवनशैलीको हुनुपर्छ । लकजम्बरको राजा जस्तो उसको घरको पेटीबाट हिड्ने पाइन्छ । यहाँ अहिले हामी सांसद् नै भेट्न जाने हो भने नौ तहको घेरा हुन्छ हामीले पनि घुट्न पाउँदैनौं ।
प्रधानमन्त्रीले देशमा कोरोना नियन्त्रण नहुँदासम्म मेरो तलबसुविधा लिन्न भन्नुभयो नि ?
हो, त्यो चाहीं समाचार हो । तलब दिनुपर्छ भन्दिँन म । सुविधा चाहीं दिनुपर्छ । तलब न्यून हुन्छ । तर, अनेक अतिरिक्त सुविधाहरु हुन्छन् त्यो चाहीं कटौती गर्नुपर्छ । तलब भनेको काम गरेबापत पाउने पारिश्रमिक हो । त्यो लिनु्पर्छ तर अतिरिक्त सुविधा कटौती गर्नुपर्छ राष्ट्रलाई संकट परेको बेलामा ।
प्रधानमन्त्रीले त भ्रष्टाचार गर्न दिन्न भन्नुभएको छ नि ?
प्रधानमन्त्रीले चाहीं भन्नुभएको तर उहाँका निकट मान्छेहरु धमाधम मुछिएपछि त्यो भन्न सुन्नलाई अलि गाह्रो हुने ।
स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा ईश्वर पोखरेल र भानुभक्त ढकालले भ्रष्टाचार गरेको छैन भनेर प्रधानमन्त्रीले भन्नुभयो नि ?
उहाँले व्यक्ति तोकेर जोगाउने हिसावले ‘ए’ भन्ने व्यक्तिले भ्रष्टाचार गर्दैन । अरु बी, सी, ई, डी जो आउँछन् उनीहरुलाई चाहीं राख्दिन भनेजस्तो भयो । प्रधानमन्त्रीले मेरो सेरोफेरोमा रहेका सचिवालयका कुनै पनि मान्छे अथवा मेरो नेतृत्वका मन्त्रीहरुले भ्रष्टाचार गरेको थाहा भएमा कारबाही गर्छु भन्नुप¥यो नि । बरु सिस्टममा कसले कसलाई जोगाउने हो जोगाए भइहाल्छ नि । ललितानिवास जग्गा प्रकरणले देखाएकै छ नि कस–कसलाई कारबाही गर्ने भन्ने कुरा त । फलानाले गरेको छैन, ढिस्कानाले गरेको छैन तर बाँकीले गरे भने चाहीं छोड्दिन भनेजस्तो म्यासेज गयो ।
प्रधानमन्त्रीले त भ्रष्टाचारीलाई देख्न र हेर्न सक्दिनँ भन्नुभयो नि ?
उहाँले सबै भ्रष्टाचारीलाई भन्नुभएन । कोही पनि भ्रष्टाचारीलाई भन्नुभयो । भ्रष्टाचारी हो भने पार्टीकै आफ्नै व्यक्ति किन नहोस त्यसलाई कारबाही गर्न सक्नु्पर्छ अनि मात्रै डराउँछन् । फेरि हाम्रो देशको चलन कस्तो छ भने, भ्रष्टाचार भन्ने शब्दलाई सबै घृणा गर्छ तर भ्रष्टाचारीलाई चाहीं सबैले माला लगाइदिन्छन् ।
अहिलेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सफल बनाउने काम गरेका छन् ?
गर्नुपर्छ उहाँहरुको दायित्व हो ।
तपाईंलाई के लाग्छ ?
सबै मन्त्रीहरुले प्रधानमन्त्रीको मातहतमा रहेर काम गर्नुपर्छ । त्यो उहाँहरुको दायित्वभित्र पर्छ । अब कसले सफल बनाउनुभयो, कसले असफल बनाउनुभयो त्यो मुल्याकन मैले नगरौं होला ।
तपाईं त स्पष्ट नेतृ हो भन्नुस् न नेपाली जनता जान्न चाहन्छन् ?
अहिलेका मन्त्रीहरु सबै अग्निपरीक्षामा हुनुहुन्छ । अहिलेका मन्त्रीहरुको योग्यता पु¥याउने बाटो भनेको कोरोना भाइरस हो । यसमा योग्य ठहरिएनन् भने सत्यानास हुन सक्छ । यसमा राम्रो म्यानेजमेन गर्न सके अरुपनि छोपिने भयो । अब अस्ति स्वास्थ्य सामाग्री खरिद जस्तो छताछुल्ला भयो भने सकिन्छ ।
स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भयो भन्न खोज्नुभएको हो ?
भ्रष्टाचार भयो भएन, त्यसको छानविन हुँदैछ । प्रक्रियासंगत भएन भन्ने कुरा सरकारबाटै आइसकेको छ । तर, पीएमले विशेष अवस्थामा विशेष कानुन हुन्छ भन्नुभएको छ । २०२० को माहामारी ऐनलाई टेकेर गरेको भन्नुभयो त्यो पनि ठीक छ । तर सार्वजनिक हिसावले प्रश्न उठ्यो नि ।
तपाईंले स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुभएको थियो नि ?
मैले त्यस्तो भनेको छैन । किन भने यहाँ नैतिकताको कुरामा शेरबहादुर तामाङ नखाएको विषको शिकार भए । अर्को नैतिकताको कुरा गर्दा २०६४ सालमा हाम्रो पार्टीले चुनाव हारेपछि माधव कुमार नेपाल महासचिव पदबाट राजीनामा दिनुभयो । यी दुईवटा बाहेक नेपाली राजनीतिमा मैले नैतिकता भन्ने देखेर पढेको छैन ।
गोकुल बाँस्कोटाले पनि आरोप लागेपछि राजीनामा दिनुभयो नि ?
त्यो उहाँको नैतिकताको विषय थियो कि थाम्न नसकेको विषय हो । उहाँ एग्रिसीप मान्छे त्यसैले थाम्नै सक्नुभएन ।
तपाईंले त प्रधानमन्त्रीको सचिवलाय ठूलो भयो भन्ने कुरा उठाउनुभएको थियो नि ?
अहिले यहाँ कति छन् थाहा छैन । तर कानुनमा, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयमा पियनदेखि लिएर मन्त्रीसम्मको सेवासुविधा खानपाउने गरी मान्छेहरु भर्ती गर्न पाइने अधिकार छ । त्यसमा भोलेन्टियरहरु राखे हुन्छ धेरै सेवासुविधा किन दिनुपर्यो कटौति गर्ने पर्छ भनेको थिएँ । सचिवालयमा ४८ छन्, तिनको रोजगारी खोस भनेको सुन्नभएछ र प्रधानमन्त्रीले पनि मेरो सचिवालयमाथि हमला भयो भन्नुभएछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot