काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेश नेपाल कम्युनिस्ट पार्टीकै लागि घातक भएको बताएका छन् । उनले अध्यादेश लोकतन्त्र र राजनीतिक स्थिरतालाई समाप्त पारेर सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका हुन् ।
यादवले ऋषि धमलासँगको कुराकानीमा भने, ‘अध्यादेश नेकपाकै लागि घातक छ ।’ उनले अध्यादेश लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्न ल्याइएको टिप्पणी गरे ।’
यादवले देशलाई अशान्ति र दुर्दशातर्फ धकेल्न खोजिएको आरोप समेत लगाए । उनले भने, ‘धम्क्याउने र पैसाको लोभ देखाउन खोजिएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीका कदमहरु भनेको भन्दा उल्टो भइरहेको भन्दै यसले गम्भीर दुर्घटनाको संकेत गरेको बताए ।