Logo

करेन्ट लागेर दुई जनाको मृत्यु



धादिङ, बैशाख ९ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका २३ वर्षीय सागर अर्याल रहेको धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रुपक खड्काले जानकारी दिए। उनीहरुको उपचारका लागि लगिदै गर्दा मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका सात जना मध्ये ३९ वर्षीय निर्ममाया तामाङ र २४ वर्षीय रुपक अर्यालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अन्य घाइतेहरु ५२ वर्षीय धनकुमारी तामाङ, ७० वर्षीय तारासिंह तामाङ, ६४ वर्षीय कान्छी तामाङ, ३६ वर्षीय सानु तामाङ, ६३ वर्षीय ठूली तामाङका स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot