काठमाडौं, ९ बैशाख । चीनमा प्राध्यापनरत डा. राजीव झाले कोरोनासँगै नेपालको राजनीतिमा धेरै फेरबदल हुने सम्भावना औंल्याएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले यस्तो बताएका हुन् । उनले आफू राजनीतिमा धेरै विज्ञ नभएको सुनाउँदै भने,”म चीनमा बसेर राजनीति हेरिरहेको छु । तर, बुझ्दिन् । मैले भन्ने गरेको छु । कोरोना भाइरसले ग्लोबल पोलिटिक्समा उथलपुथल ल्याउँछ । यसले ईकोनोमीमा क्राईसिस ल्याउँछ । हो, यो ईकोनोमिकल क्राईसिसले सोसल्ली र पोलिटिकल्ली कोल्याप्स गर्छ । हरेक कन्टीमा यो हुँदैछ । र, यो नेपालमा पनि मैले देखेको यही हो ।”
चीनले यो कोरोना महामारीविरुद्ध लडन्को लागि सहयोगमार्फत विश्वभरि आफ्नो प्रभाव प्रवाह गरिरहेको पनि उनको भनाई छ । कोरोनाको कारण विश्वनै अहिले ध्रुविकृत भएको उनको भनाई छ । डा. झाले भने,”चीनले सफ्ट पावर एक्सरसाईज गरिरहेको छ ।त्यो खेल अब नेपालमा सुरु हुन्छ । किनभने नेपाल भनेको जस्तोसुकै बफर जोन, बफर स्टेट भनेर व्याख्या गरेपनि नेपाल भनेको एउटा सबैभन्दा ठूलो प्लेग्राउन्ड हो । हाम्रो लागि चीन र भारतजस्तो महत्वपूर्ण देश संसारमा अरु कुनै हुनैसक्दैनन् ।”
चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुरा मिल्ने उनको विश्वास छ । उनले भने,”म तपाईलाई उदाहरणपनि दिन्छु नि । आज गुजरात कुन मोडेलमा विकास भएको छ ? चाईनाको थेन्चिङ मोडेलमा विकास भएको हो । भनेपछि प्रधानमन्त्री मोदी त चीनसँग पहिलादेखि नै नजिक हुनुुहुन्थ्यो । मोदी र सीबीच केमेष्ट्री एकदम मिलेको छ । सम्बन्ध धेरै राम्रो छ ।”
FULL VIDEO-INTERVIEW with DR. RAJIV JHA, aired on PRIME TIMES TV