काठमाडौं, ९ वैशाख । आज एकै दिन करिब एक सय कोरोनाका शंकास्पद संक्रमितको टेष्टको नतिजा आउने भएको छ । कोरोनाको र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएका सय स्वाबको नतिजा आज आउने भएको हो । सबै स्वाब उदयपुरका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरले ती स्वाब सोमबार उदयपुरस्थित त्रियुगा( ३ भुल्केबाट काठमाडौं ल्याएको थियो । स्वाब परीक्षणका लागि काठमार्डौ ल्याइएको थयो । सबैको नतिजा आउन आउने भएकाले संक्रमित संख्या बढ्ने आशंका गरिएको छ । स्वाब त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा संक्रमितसँग सम्पर्कमा आएकाहरुको हो ।
अहिलेसम्म देशभर संक्रमित संख्या ३१ रहेको छ । तीमध्ये ४ जना संक्रमित उपचारपछि घर फर्किइसकेका छन् । बाँकी २७ जना उपचाररत छन् ।
हिजो संकलित स्वाब यसअघि त्रियुगास्थित एकै मस्जिदमा फेला परेका १३ संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका मानिसहरुको हो ।