काठमाडौं, ९ वैशाख । आज एकै दिन ११ जना थप कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित सबै उदयपुरको भुल्केमा यसअघि संक्रमितसँग संसर्गमा आएकाहरु हुन् ।
काठमाडौं र धरानमा गरिएको टेष्टमा उनीहरुको नतिजा पोजेटिभ आएको थियो । संक्रमित ११ जना संख्या बढेसँगै कुल संक्रमित संख्या ४२ पुगेको छ । संक्रमितहरु १८ देखि ५८ वर्षका ९ जना पुरुष छन् । दुई महिलामध्ये एकजना ३६ वर्षीया र अर्कीको उमेर खुलेको छैन । मन्त्रालयले उनीहरुको स्थायी ठेगाना र राष्ट्रियता समेत खुलाएको छैन । यसअघि सोही मस्जिदमा भेटिएका संक्रमित भारतीय नागरिक भएको खुलेको थियो ।
को हुन् संक्रमित
३२ औ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३३ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३४ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३५ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३६ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३७ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३८ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३९ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४० औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४१ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
४२ औं उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको