Logo

रुक्मिणीको हरण किन भयो



द्धारिकामा भएका भगवान श्रीकृष्ण र बलरामको नाम चारैतिर फैलिएको थियो । ठुला–ठुला शासक र सत्ताधिकारीहरुको उनिहरुको सामुन्ने झुक्न लागेका थिए । उनिहरुको गुणगान सबैले गाउथे । बलरामको बल–वैभव र उनको ख्याती देखेर रैवत नामका राजाले आफ्नी छोरीको साथमा विवाह गराइदिए । बलराम कृष्ण भन्दा उमेरमा ठुला थिए ।

उक्त समय विदर्भ देशमा भीष्मक नामक एक तेजस्वी नृपितले राज्य गर्दथे, उनको एक छोरी र पाँच छोरा थिए । उनमा लक्ष्मीको समान दिव्य लक्षण थियो । उनलाई सबैले लक्ष्मीस्वरुपा भन्थे । जब उनी ठुली हुँदै गइन् विवाहको कुरा हुँदै गयो । उनले सुनिन् कि श्रीकृष्ण अलौकिक पुरुष हुन् ,उनमा भएको गुण अन्य पुरुषमा छैन । भगवान श्रीकृष्ण को गुण र सुन्दरतामा मग्न भएर रुक्मिणीले निश्चय गरिन् श्रीकृष्णलाई छाडेर अरु कसैसँग पतिको रुपमा स्विकार नगर्ने ।

उता श्रीकृष्णले थाहा पाइसकेका थिए कि उनी रुपवती हुनुका साथै सुलक्षणा पनि छिन् । तर भीष्मकको ठुलो छोराले श्रीकृष्णमाथी शत्रुता राख्दथ्यो । उसले बहिनीको विवाह शिशुपालसँग गर्न चाहेका थिए । छोराको इच्छाअनुसार भीष्मकले रुक्मिणीको विवाह शिशुपालसँग गरीदिने निश्चिय गर्दै तिथी तय गरे ।

यो कुरा रुक्मिणीले थाहा पाइन र एक ब्राहणलाई द्धारिका कृष्णलाई भेट्न सन्देश दिएर पठाइन् । उक्त सन्देशमा आफुले पतिको रुपमा कृष्णलाई स्विकारेको, आफ्नो अन्य पुरुषसँग विवाह गर्न लागेको हुँदा उक्त विवाहमा कृष्ण आएर आफुलाई श्रीमतीको रुपमा वरण नगरेमा प्राण त्यागिदिने लेखिएको थियो ।

सन्देश पाउदा बित्तिकै श्रीकृष्ण रुक्मिणीको देतलाई रथमा राखेर तुरुन्त कुण्डिनपुर हिडे । श्रीकृष्ण एक्लै कुण्डिनपुर गएको थाहा पाएर बलरामले पछि सेना लिएर गए । उता भीष्मकले शिशुपाललाई बारात लिएर कुण्डिनपुर आउन सन्देश पठाइ सकेका थिए ।उक्त विवाहमा शिशुपालको साथै धेरै देशका राजाहरु आफ्ना सेना सहित उपस्थित भएका थिए । सबै राजाहरुले श्रीकृष्ण माथी शत्रुता राख्थे ।

बेलुकी पख रुक्मिणी विवाहको कपडामा सजिएर मन्दिरमा आइन् उनको साथमा साथीहरु र अंगरक्षक पनि थिए । सन्देश लिएर गएका ब्रहण र श्रीकृष्ण नआएकाले भगवानको पुजा गर्दै श्रीकृष्णको प्राथना गरेकी थिइन् । यत्तिकैमा ब्रह्ण देखा परे तर केही बोलेनन् । रुक्मिणी आफ्नो रथमा बस्न चाहेकी थिइन् तर श्रीकृष्णको विद्युत तरंगले उनको हात समात्यो र यसलाई समातेर आफ्नो रथमा बसाए र तीव्र गतिमा द्धारिकातिर लगे ।

श्रीकृष्णले रुक्मिणीलाई हरण गरेर द्धारिका लगे भन्दै एकैछिनमा सम्पुर्ण कुण्डिनपुरमा खबर फैलियो । शिशुपाललाई सहि नसक्नु भयो उनले आफ्नो सेना र राजाहरुको साथमा श्रीकृष्णको पिछा गरे तर बीचमा नै बलराम र यदुवंशियाले शिशुपाललाई रोकिदिए । बलराम र यदुवंशियाले शिशुपालको सेनालाई हराए ।

फेरी रुक्मिले धेरै सेना लगेर कृष्णको पिछा गरे, उनले प्रतिज्ञा गरेका थिए श्रीकृष्णलाई बन्दी बनाएर फर्कने वा फेरी कुण्डिनपुरमा मुख नदेखाउने । रुक्मी र श्रीकृष्णको घनघोर युद्ध भयो । श्रीकृष्णले युद्धमा हराएर आफ्नो रथमा बाधीदिए तर बलरामले विवाह पश्चात सम्बन्ध जोडिएकोले दण्ड दिनु उचित होइन भन्दै उसलाई छुटाइदिए । युद्ध पश्चात रुक्मी कुण्डिनपुर गएनन्, एक नयाँ नगरमा बसोबास गरे ।

श्रीकृष्णले द्धारिकामा लगेर रक्मिणीसँग विधिवत रुपमा विवाह गरे । प्रद्युन्न उनको गर्भबाट जन्मेका थिए जो कामदेवको अवतार थिए । श्रीकृष्णको पटरानीमा रुक्मिणीको स्थान महत्वपुर्ण छ । उनको प्रेम र भक्तिमा भगवान श्रीकृष्ण मुग्ध थिए । (धर्मग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्