Logo

अध्यादेश र लकडाउनबारे नेकपा अध्यक्षद्धय ओली र दाहालद्धारा सांसदहरुसँग छलफल



काठमाडौं, १० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गरेका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको सचिवालय हलमा अध्यक्षद्धय ओली र दाहालले पार्टी स्थापना दिवसको अवसरमा संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त छलफलबारे जानकारी गराएका छन् । उनले उक्त छलफलबारे जानकारी दिँदै फेशबुकमा लेखेका छन्,”प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टी स्थापना दिवसकाे अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु भएकाे छ । सुदूरपश्चिम प्रदेशबाट शुरू भएकाे छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमश: सातवटै प्रदेशका सांसदहरूसँग आज र भाेलिसम्म गरिनेछ । जारी अध्यादेश र काेराेना भाइरसविरूद्दकाे लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएकाे छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot