१० वैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीबाट अहिलेको भन्दा पनि खराब समय आउने चेतावनी दिएको छ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस ए. ग्रेबिएससले विश्वले यस महामारीका कारण योभन्दा पनि खराब अवस्था देख्नुपर्ने र त्यसको सामना गर्नुपर्ने बताएका छन्।
उनले अवस्था झनै बिग्रदै जाने र विश्वले खराबभन्दा पनि खराब अवस्थाको सामना गर्नुपर्ने भने पनि त्यसको कारण भने खुलाएका छैनन्।
यद्यपी अब अफ्रिकी देशहरुमा पनि अवस्था अनियन्त्रित हुनसक्ने, जसका कारण संक्रमितको संख्या कयौँ गुणा बढ्नसक्ने अनुमान लगाइएको छ। मेरोलागानी