काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राख्नुभएको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।रासस