Logo

हर्मोन असन्तुलन



हर्मोन हाम्रो शरीरमा केमिकलको रुपमा हुन् जसले शरीरमा केही ग्रन्थी बन्छ । यो शक्तिशाली केमिकल रगतको साथमा हाम्रो शरीर भरी फैलन्छ र भित्री अंगलाई उसको काममा मद्दत गर्दछ । यसले शरीरको केही मुख्य प्रक्रियालाई लियन्त्रण गर्न मद्दत गर्दछ जसमा मेटाबोलिज्क र प्रजनन आदी पनि हुन्छन् ।

जब हाम्रो हर्मोनको सन्तुलन खराब हुन्छ तब हाम्रो शरीरको कुनै विशेष हर्मोन कित निकै कम हुन्छ वा निकै धेरै हुन्छ, यस स्थितीमा हर्मोन असन्तुलन भनिन्छ । यस क्रममा सामान्य परिर्वतन हुँदा पनि हाम्रो शरीरमा गम्भीर रुपमा प्रभाव पार्न सक्छ । हर्मोन असन्तुलनले तनाव, तीव्र चोट वा बिरामी, खराब पोषण, अपर्याप्त एक्सरसाइज र अन्य केही कारणले पनि हुन्छ ।

शरीरममा सबैभन्दा मुख्य प्रक्रियालाई नियमित राख्न हर्मोन धेरै आवश्यक हुन्छ यसैले हर्मोन असन्तुलन शरीरको केही आवश्यक कार्यलाई प्रभाव गर्न सक्छ । हर्मोनलाई निम्न कुराले नियमित रुपमा बनाईराख्न मद्दत गर्दछ ।

  • मेटाबोलिज्म र भोक
  • हृदयको गति
  • निन्द्रा
  • प्रजनन चक्र र यौन कार्य
  • सामान्य शारीरीक विकास
  • मुड र तनावको स्तर
  • शरीरको तापमान

पुरुष वा महिला दुवैलाई समान रुपमा इन्सुलिन, स्टेरायड, वेद्धि हर्मोन र एड्रेनालाईन आदीलाई असन्तुलनबाट प्रभावित हुनसक्छ । हर्मोन इम्बेलेन्सको लक्षण अस्पष्ट भएमा र परिक्षणमा पहिचान हुन नसकेमा नदेखिन सक्छ । हर्मोन असन्तुलन पत्ता लगाउने एक मात्र बाटो रगत जाँच द्धारा हर्मोनको जाँच गर्नु हो । विभिन्न प्रकारका उपचार जस्तो नेचुरल थेरापी, जीवनशैलीमा परिर्वतन आउनु, ध्यान योग र औषधि आदीको प्रयोगले हर्मोन असन्तुलनको उपचार गर्न सकिन्छ । (यसको लक्षण, कारण र उपचार क्रमश हामी राख्ने छौ । )



प्रतिक्रिया दिनुहोस्