काठमाडौ, बैशाख १० । नायिका करिश्मा मानन्धरले हरेक घटना र विषय वस्तुलाई विभिन्न कोणबाट निहाल्न र पढ्नुपर्ने बताएकी छिन् । उनले सकरात्मकताको नाममा कुनै पनि घटनालाई एकपक्षिय दृष्टिकोणबाट निहाल्नु पनि गलत हो भन्दै फेसबुकमा पोस्ट गरेकी छिन् ।
उनले लकडाउनमा समस्यामा परेका छरछिमेकीहरुलाई आफ्नै व्यक्तिगत खर्चले खाद्य सामाग्री वितरण गरेकी थिइन् । हाल काठमाडौ जिल्ला प्रशासन कार्यालयले राहत बाड्न रोक लगाएसँगै उनको वितरण कार्य रोकिएको थियो ।
मानन्धरले घटना र वस्तुलाई एकै नजरले मात्र हेर्न नहुने भन्दै दुवै पक्षबाट केलाउदा मात्र वास्तविकता पत्ता लाग्ने बताउदै उनले लेखेकी छिन्, सकारात्मकताको नाममा कुनैपनि वस्तु र घटनालाई एकपक्षिय दृस्टिकोणबाट निहाल्नु पनि गलत हो ! हरेक घटना र वस्तुलाई हरेक कोणबाट निहाल्न र पढ्न सकियो भने मात्र वास्तविकता पत्ता लाग्छ ।