Logo

समाजवादी र राजपाको फुटसँगै एकीकरण



काठमाडौं, १० वैशाख । पार्टी फुट्न लागेपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेको छ । आज राति दुई दलबीच एकता भई हस्ताक्षर समेत भइसकेको छ ।

एकता घोषणामा राजपाका अध्यक्षमण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको हस्ताक्षर छ । तर, अध्यक्षमण्डलका नेताहरु अनिलकुमार झा र राजकिशोर यादवको हस्ताक्षर छैन । उनीहरु यो एकता घोषणामा असहमत भएको बुझिएको छ । स्रोतका अनुसार दुवै अहिलेको गठबन्धनबाट अलग भएका छन् ।

यसैगरी, समाजवादी पार्टीकी रेणु यादवलगायत पनि एकता प्रक्रियामा छैनन् । यादवसहित ८ सांसदले समाजवादी पार्टी फुटाउन लागेको खुलासा रिपोर्टर्स नेपालले गरेको थियो । साँझ एकाएक डा. सुरेन्द्र यादवलाई धनुषाबाट ल्याइएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटाउन बालुवाटार लगियो ।

अपरान्ह भएको दौडधुप र चलखेलले समाजवादी र राजपा दुवै दल फुटेका छन् । अर्कोतर्फ दुवै दलको ठूलो पंक्तिबीच एकीकरण समेत भएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ८ वैशाखमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि दलहरु फुटाउने चलखेल चलेको हो । यसले पहिलो क्षति समाजवादी र राजपामा पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot