Logo

नेपालमा महिला भन्दा पुरुषमा कोरोनाको संक्रमण बढि



काठमाडौं, बैशाख ११ । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ ।

संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइरसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका –१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण नदेखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्