Logo

आज आमाको मुख हेर्ने दिन,मातातिर्थ धाम सुनसान



काठमाडौं, ११ वैशाख । वैशाख कृष्णपक्ष औसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन रहिआएको छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंस्थित थानकोट नजिकै रहेको मातातीर्थमा विशेष मेला लाग्ने गरेको भएपनि जारी लकडाउनका कारण यसबर्ष उक्त मेला प्रभावित बनेको छ । वितगका बर्षहरुमा आजकै दिन बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लाग्ने गरेको भएपनि आज भने सो क्षेत्र शान्त रहेको छ।

यस्तै भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण दिएर आजै आमाको मुख हर्ने पर्व मनाउदै आएका थिए ।लकडाउनका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिने धार्मिक मान्यता रहदै आएको छ ।

घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्