Logo

मातातीर्थ ‌औंसीमा आमा भेट्न नसक्नेका लागि टेलिकमको ‘अनलिमिटेड अफर’



काठमाडौं, बैशाख ११ । जारी लकडाउनका कारण मातातीर्थ ‌औंसीमा आमा भेट्न नसक्नेका लागि टेलिकमले भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्मको अनलिमिटेड अफर ल्याएको छ। नेपाल टेलिकमले यस वर्षको आमाको मुख हेर्ने पर्व सामाजिक दूरी कायम गरी मनाउन आग्रह गर्दै अनलिमिटेड अफर ल्याएको जनाएको छ ।

आमा भेट्न नसक्नेका लागि आफ्नो नेटवर्कभित्रका नम्बरहरूमा भ्वाइस, डाटा र एसएमएसको माध्यमबाट मन खोलेर कुरा गरी आमालाई खुशी पार्न सकिने टेलिकमले जनाएको छ।  प्याक खरिद गर्न  *१४१५*८*१#  डायलगर्न र त्यसबाट भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्म अनलिमिटेड सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्