काठमाडौं, बैशाख ११ । कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् । महाराष्ट्रलगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल–भारत सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेका हुन् ।
भारतको स्थानीय प्रहरीले नेपालीलाई छोडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल ९एसएसबी० लाई भनेर उतै फिर्ता गर्ने क्रम केही दिनदेखि चलिरहेको छ ।
नेपालले आज फिर्ता गरे पनि अर्को दिन तिनै मानिस दसगजामा देखिने गरेकाले नेपाललाई ठूलो समस्या परेको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।