Logo

आमा



– राम खड्का:
आमा तिमी ममताको खानी सबैको दिल की रानी
छोरा छोरी सबैलाई नखुवाई कहिलयै नखाने तिम्रो बानी

जतिनै मुटु जलोस दिलमा ठेस पुगोस कुभलो कहिलयै नठानने
छोरा छोरीको ज़िद्दीबाट कहिलयै आफु आजित नमान्ने

दुख पीडा जतिनै परे पनि कहिलयै हार नमान्ने
अपमान र तिरस्कारले सजाईदिदा पनि दुखि कहिलयै नठानने

दुख र पीडाको पोखरीमा पौडीनु पर्दा पनि सन्तानमा सुख चाहने
भोको पेट र खाली खुटटा हिडनु परे पनि सधै धैर्यवान रहने

तिमीलाई उचित सम्बोधन गर्न मैले कहिलयै भीयाईन
तिमीबाट जति माया मैले अरू कसैबाट पाईन

म जति टाढा रहे पनि तिम्रो मायाले मलाई छोपी रहेको छ
मैले दुख र पीडा पाऊछ की भनि तिम्रो मुटु घोची रहेको छ

आमा शब्द अनौठो रहेछ जति जपे पनि कहिलयै नटुगिनी
दुख सुख हरेक पल संगै मन मस्तिष्कमानै गुनजीने

आजको दिन मेरी आमा समझंछु तिमीलाई यो दिल खोली
कहानै खुशि रहन सकछु र प्रत्येक क्षणमा आमा शब्द नबोली

(ललितपुर महालक्ष्मी नगरपालिका चारघरेका राम खड्का हाल अमेरिकको न्युयोर्कमा बस्छन्)



प्रतिक्रिया दिनुहोस्