Logo

प्रधानमन्त्री ओलीमाथि सांसद सुरेन्द्र यादव अपहरणको आरोप,घेरा तोडेर भागेको दाबी



काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको आरोप लागेको छ । उनलाई अपहरण गरी मेरियट होटलमा राखिएको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले ट्वीटमार्फत लेखेका छन् ।

पाण्डेका अनुसार सांसद यादव मेरियट होटलमा प्रधानमन्त्रीले बनाएको घेरा तोडेर निस्केका थिए । यादवलाई सुरक्षित स्थानमा राख्न आफू गएको भन्दै उनले तस्बिर पोष्ट गरेका छन् ।

उनले लेखेका छन्, यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ । समाजवादी पार्टीका नेता अशोक राई समेत यादवलाई भेट्न होटल मेरियट पुगेको पाण्डेले उल्लेख गरेका छन् ।

बेलुका अपहरणमा परेको, प्रशासनबा दुःख भोग्नुपरेको, प्रधानमन्त्रीसँग राति फोनमा कुरा भएको, विहान होटलबाट भागेको विषयबारे सुरेन्द यादवले खुलासा गरेको पाण्डेले उल्लेख गरेका छन् । पाण्डेका अनुसार पार्टी फुटाउन लागेका भनिएका रेणु यादव र इस्तियाक राईसँग पनि समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको फोनमा कुराकानी भएको उल्लेख छ ।

Photo Source: Bishwadeep Pandey tweet



प्रतिक्रिया दिनुहोस्

Screenshot