Logo

अमेरिकी प्रोत्साहनले एशियाली शेयर बजारमा सुधार, तेलको मूल्यमा उछाल



११ वैशाख : बिहीबार एशियाली शेयर बजारमा सुधार देखिएको छ। अमेरिकी सरकारद्वारा कोरोना भाइरसले बिगारेको अर्थव्यवस्थामा सुधारका लागि अधिक सरकारी सहायता प्रदान गर्ने वाचासँगै घट्दो क्रममा रहेको शेयर बजार शान्त हुन पुगेको हो।

यसैगरी ऐतिहासिक गिरावटको सामना गर्न पुगेको तेलको मूल्यमा यसदिन उछाल देखिएको छ।

एशिया–प्यासिफिक शेयर एमएससीआई ०.५ प्रतिशत बढेर ४६०.४३ अंकमा पुगेको छ।

यसैगरी, अस्ट्रेलियन एसएण्डपी–एएसएक्स सूचकमा ०.४ प्रतिशतको सुधार देखिएको छ। यसदिन चिनीयाँ शेयर ०.३ प्रतिशतले बढेको छ भने जापानको निक्केई सूचक ०.८ प्रतिशतले बढेको छ।

यसैगरी डउ २ प्रतिशत, एसएण्डपी ५०० सूचक २.३ प्रतिशत र नास्डाक सूचक २.८ प्रतिशतले बढेको छ।

माग घटेसँगै आपूर्तिमा कमीका कारण मंगलबार ऐतिहासिक गिरावटको सामना गरेर ऋणात्मक हुन पुगेको अमेरिकी कच्चा तेलको मूल्यमा बिहीबार भने बढोत्तरी देखिएको छ। यसदिन अमेरिकी कच्चा तेलको मूल्य ३.३ प्रतिशतले बढेर प्रतिब्यारेल १४.२२ डलर पुगेको छ। मेरोलागानीबाट



प्रतिक्रिया दिनुहोस्