Logo

बाबुराम भट्टराईले सुरेन्द्र यादवलाई अपहरण गरेर लगेका हुन्- महेश बस्नेत



काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांसद डा. सुरेन्द्र यादवलाई डा. बाबुराम भट्टराईले अपहरण गरेको आरोप लगाएका छन् । भट्टराई र उनका सहयोगी विश्वदीप पाण्डेले अपहरण गरी लगेको आरोप लगाएका हुन् ।

हामीमाथिको अपहरणको आरोप कपोकल्पित छ, बरु बाबुरामले उल्टो अपहरण गरेर लगेका हुन्, सनराइज खबरका लागि राजकुमार रेग्मीसँगको अन्तवार्तामा नेकपा सांसद समेत रहेका महेश बस्नेतले भने, ‘बाबुराम भट्टराईले सुरेन्द्र यादवको अपहरण गरेका हुन् ।’

अपहरणपछि उनलाई बाबुरामजीकै घरमा लगिएको हुनुपर्छ, यसमा विश्वदीपजीको योजना हुनुपर्छ । बस्नेतसहित सांसद किसानलाल श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालमाथि अपहरणको आरोप लागिरहँदा बस्नेतको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

बस्नेतले आफूमाथि लागेको अपहरणको आरोप कपोकल्पित र फण्डा भएको दाबी गरे । उनले भने, ‘बाबुरामजी र विश्वदीपजी पहिल्यै देखि प्रोपोगान्डा र फन्डा गर्न जान्नुहुन्छ ।’ यसले आफ्नो राजनीतिमा कुनै असर नपर्ने बस्नेतले बताए ।

बस्नेतले धनुषास्थित सांसद यादवको घरमा पुगी भेटी खाना समेत खाएको खुलाए । राजनीतिक विषयमा कुराकानी समेत गरेको बताउँदै भने, ‘हाम्रो पार्टीमा समस्या छ भनेर सुरेन्द्र यादवले भन्नुभएकोले कुराकानी गरेका हौं ।’

काठमाडौंमा आउँदा पनि अलग अलग गाडीमा आएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटको समय मिलाइदिन आग्रह गरेपछि हुन्छ भनेको बताए । उनले भने, ‘उहाँ मेरियट होटलमा बस्नुभयो । प्रधानमन्त्रीसँग समय मिलाइदिनुपर्यो भनेकोले विहान या बेलुका समय मिलाउने कुरा भयो ।’ समाजवादी पार्टीका ७ जना सांसदहरुले भेट मिलाइदिन भनेको समेत बताए ।

बस्नेतले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई साइबर क्राइमको मुद्दा लगाउने चेतावनी समेत दिए । उनले आफ्नो चरित्र हत्या गर्न भट्टराई र उनका सहयोग विश्वदीप पाण्डेलगायतलाई समेत साइबर क्राइमको मुद्दा लगाउने चेतावनी दिएका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्