Logo

सनसिटी अपार्टमन्टका दुई जना संक्रमित पनि निको भए



काठमाडौँ ११ वैशाख : काठमाडौं पेप्सीकोलामा रहेको सनसिटी अपार्टमन्टमा बस्ने दुई जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता विकास देवकोटाले उक्त जानकारी गराएका हुन्।

एकै परिवारका उनीहरु चैत पहिलो साता बेलायतबाट नेपाल फर्किएका थिए। उनीहरूमा केही दिनअघि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

वैशाख १ गते आरडिटी विधिबाट पोजिटिभ देखिएको थियो। त्यसपछि पुन: पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरु ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिना हुन् ।

अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू निको भएर डिस्चार्ज भएका हुन्। योसंगै निको भएर फर्किनेको संख्या ९ पुगेको छ।मेरोलगानी



प्रतिक्रिया दिनुहोस्