Logo

नकुल र सहदेवको शक्तिको रहस्य



महाभारतको हरेक पात्र जीवंत छन्, चाहे कौरव, पाण्डव, कर्ण र कृष्ण होस् वा धृष्टद्युम्न, कृपाचार्य । महाभारतले योद्धाको मात्र गाथा बोक्दैन यसले त जोडिएको वचन र आर्शीवादमा पनि रहस्य लुकेको छ । किनकी महाभारतको हरेक व्यक्ति रहस्यमय थिए ।

नकुल र सहदेव दुई योद्धाको भुमिका महाभारत कालमा कमैले मात्र बुझेका छन् । उनीहरुको योद्धामा अद्भुत क्षमता थियो । जुन सामान्य मानिसमा थिएन् । उनीहरु केही छुट्टै तरीकाको क्षमताबाट सम्पन्न थिए ।

यी पाँच पाण्डवमा दुई नकुल र सहदेव माद्री –आश्विन कुमारको छोरा थिए । तर उनीहरुको पाण्डु मानिएको छ किनकी माद्री पाण्डु पत्नी थिइन् । धृतराष्ट्रको ठुाले भाई पाण्डु थिए । पाण्डुलाई दिएको ऋषिको श्रापको कारण कुन्ति र माद्रीसँग सहवास गरेमा मृत्यु हुने निश्चित थियो । यसैले कुन्तिलाई प्राप्त भएको मन्त्रको शक्तिले ३ पुत्र उत्पन्न भए भने उनकै सहयोगले माद्रीले पनि २ पुत्र प्राप्त गरीन् ।

को हुन् आश्विनी कुमार

३३ कोटी देवतामा यी दुई थिए जसलाई अश्विनी कुमारले जुडुवा पुत्र मानेका थिए । नकुल र सहदेव जन्मेको समयमा आकाश वाणी भएको थियो जसमा ‘शक्ति र रुपमा यो जुडुवा भाईहरु अश्विनी भन्दा बढी हुन्छन भनिएको थियो । ’

पाण्डु पत्नी माद्रीको जुडुवा छोरा मध्ये एक हुन नकुल । मद्र देशका राजा शल्य नकुल–सहदेवका साख्खै मामा थिए । उनका पिता अश्विनीकुमार जस्तै नकुल पनि धर्म निती र चिकित्साशास्त्रमा दक्षता हासिल गरेका थिए । यीनी पशु चिकित्सक थिए । अज्ञात वासको क्रममा नकुलले भेष बदलेर शाही घोडा हेर्ने काम गर्थे । घोडामा पारंगत थिए । द्रोपदी र उनको एक शतानिक नामका पुत्र थिए । उनको अर्की पत्नि पनि थिइन् उनको नाम करेणुमती थियो । नकुल अत्यन्तै सुन्दर थिए यनले आफुलाई सुन्दरताको कारण कामदेवसँग तुलना गर्थे । यसै घमण्डले स्वर्ग जाने समयमा बाटोमा नै उनको मृत्यु भयो । (क्रमश भोली सहदेवको बारेमा चर्चा गर्नेछौ )



प्रतिक्रिया दिनुहोस्