Logo

प्रम ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता



काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार परी कतारको कारागारमा रहेका १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद बिन खलीफा बिन अब्दुल अजीज अल थानीसँग बिहिबार टेलिफोन संवाद गरी खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद विनसँग टेलिफोन संवाद भएको सामाजिक सञ्जालमा ट्वीट गरेका छन् । उनले कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको बताएका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमा भनिएको छ, “कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot