Logo

बन्दाबन्दीमा औषधि उपचार घरमै



काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । बन्दाबन्दी छ । सवारी साधन चल्दैनन् । एक ठाउंँबाट अर्को ठाउँंमा जान मिल्दैन । यस्तो बेला स्वास्थ्यको हिसाबले कोरोनाभन्दा पनि जोखिममा छन्, ठूलो सङ्ख्याका नियमित औषधि सेवनकर्ता, दीर्घ रोगी र वृद्धवृद्धा ।

जोखिममा रहेका यी वर्गले अब यहाँ चिन्ता भने गर्नुपर्दैन । यस्ता व्यक्तिले स्वास्थ्य जाँच र औषधि घरमै पाउने व्यवस्था हुन थालेको छ । यस्तो अभ्यास प्रदेश ५ मा सुरु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको भनाइमा यसका लागि जिल्ला जिल्लामा निर्देशन दिइएको छ र आवश्यक बजेट पनि पठाइएको छ । प्रदेश–५ का स्थानीय तहले त्यस्ता बिरामीबारे गम्भीर चासो दिइसकेका छन् । कतिपय स्थानीय तहले स्वास्थ्य जांँच र घरघरमै औषधि पु¥याउने व्यवस्था थालिसकेका छन् ।

नेपाल नगरपालिका सङ्घ प्रदेश–५ का अध्यक्ष शिवराज सुवेदीका अनुसार बुटवलमा कोरोना सङ्क्रमणअघि नै यस्तो अभ्यास भएको थियो । अहिले कोरोनाको जोखिममा प्रायः स्थानीय तह त्यस्ता बिरामीको सेवामा विशेष सुविधा दिन क्रियाशील छन् । दाङ देउखुरीमा बन्दाबन्दीमा दीर्घरोगी तथा नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई स्वास्थ्य परीक्षणको समस्या हुन थालेपछि जनप्रतिनिधि चिकित्सकसहित घरघरमा पुग्न थालेका छन् । गाउँंघरमा स्वास्थ्य शिविर राखेर बिरामीको पहिचान र औषधि वितरण गरिरहेका छन् । यस्तो सेवा दाङको लमही नगरपालिकाका वडामा सञ्चालन भएको छ ।

त्यस्ता बिरामीको शरीरको प्रतिरक्षा क्षमता अरूको तुलनामा कमजोर हुने भएकाले बन्दाबन्दीमा घरबाट अस्पताल आउन नसक्ने नागरिकलाई गाउँघरमै स्वास्थ्य शिविरले राम्रो फाइदा पु¥याएको मध्यपश्चिम क्लिनिकका सञ्चालक डा. आयाम गौतमको भनाइ छ ।
गुल्मीका स्थानीय तहले नियमित औषधि सेवन गर्ने र दीर्घ रोगीका औषधि कार्ड सङ्कलन गरेर एम्बुलेन्स मार्फत घरघरमै औषधि पु¥याउन थालेका छन् । जिल्लाको चन्द्रकोट, सत्यवती गाउँपालिका लगायतका पालिकाभित्र नियमित औषधि सेवन गर्र्नेलाई त्यस्तो सेवाको सुरुवात भइसकेको छ । अन्य पालिकाले पनि यस्ता बिरामीलाई घरमै औषधि पु¥याउन लागिरहेको जनाएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा दुई हजार २३३ जना दीर्घ रोगका बिरामी छन् । औषधि वितरण गर्न जिल्ला स्वास्थ्य प्रवद्र्धन शाखाको मातहतमा रहेका २० वटा स्वास्थ्य एकाइबाट तथ्याङ्क सङ्कलन गरिएको छ । शाखाका निरीक्षक विमल केसीका अनुसार सरकारले निःशुल्क दिने औषधि घरसम्मै निःशुल्क पु¥याइने छ । आवश्यक अन्य औषधिको भने बिरामीले भुक्तानी गर्न सक्नेछन् । रुपन्देहीको सैनामैना नगरपालिकाले सूचना नै प्रकाशित गरेर यस्ता रोगीको सेवा गरिरहेको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले आजीवन औषधि खानुपर्नेमध्ये सक्नेलाई निजी क्लिनिकमा र नसक्नेलाई आवश्यकता अनुसार घरमै व्यवस्थापन गरिएको बताएका छन् । बाँकेमा पनि उपचारको व्यवस्था मिलाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले सरकारी प्रावधान अनुसारका बिरामीलाई आवश्यकता अनुसार घरघरमा र अन्यलाई विशेष सुविधामा चासो दिइएको बताएका छन् । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट उपलब्ध हुने औषधि बिरामीको घरमै पु¥याउन थालिएको छ । सिद्धार्थनगर नगरपालिकाले पनि दीर्घरोगीका लागि नियमित औषधि आवश्यक पर्ने भएकाले औषधि पसललाई नियमित खुला राख्न आग्रह गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot