Logo

सङ्कटको आर्थिक अस्त्र डिजिटल कारोवार



काठमाडौँ, १२ वैशाख । विश्वव्यापीरूपमा कोभिड–१९ को महामारी बढ्दै गएको छ । यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुले आफ्ना कार्यशैलीहरुमा पनि नयाँ–नयाँ तरिका र प्रविधि अपनाइरहेका छन् ।

महामारीबाट बच्ने यस्तै जुक्तिहरुबीच यतिखेर आर्थिक कारोवारमा पनि संसारभर विद्युतीय कारोवारलाई अघि बढाइएको छ । नेपालमा पनि यसअघि सुषुप्तजस्तै रहेको विद्युतीय कारोवारलाई महामारीको बाध्यताले प्रभावकारीरूपमा अघि बढाउने मार्गप्रशस्त गरिदिएको छ । नेपालका हाल सञ्चालित २७ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले समेत विद्युतीय कारोवारलाई प्रश्रय दिन थालेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन पनि विद्युतीय कारोवार अपरिहार्यजस्तै बन्दै गएको पछिल्ला दिनहरुमा देखिएको छ ।

गुठी, पर्म, धर्म भकारी, ढुकुटी आदि नेपालमा प्रचलित परम्परागत आर्थिक कारोवारका माध्यम हुन् । तीमध्ये कतिपय अहिले पनि प्रचलनमा छन् । यस्तो माध्यमबाट कारोवार गर्दै आइरहेको नेपाली बजार विकसित हुँदै अहिले डिजिटल माध्यममा प्रवेश गरिसकेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्