Logo

गोकुल बाँस्कोटाले नसकेपछि सर्वेन्द्र खनाल लगाएर मलाई काठमाडौं ल्याइयो- डा. सुरेन्द्र यादव



काठमाडौँ, १२ वैशाख। पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा.सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी देखि बनाएको खुल्न आएको बताएका छन् । पार्टी विभाजनका लागि आफु लगायत अरु केहि नेताहरुलाई सके प्रभावमा पार्ने र नसके दवावमा पारेर भएपनि पार्टी टुक्राउन लगाउने खेलको जिम्मा गोकुल बास्कोटालाई दिएको तर, नसकेपछि अरु व्यक्ति खटाएको बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली ऋषि धमलासँग कुरागर्दै यादवले बोस्कोटा असफल भएपछि महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खानाललाई खटाएर आफुलाई काठमाडौँ ल्याएको खुलासा गरे । जनकपुरबाट बर्दिवास आएपछि आफुले केहि कुरा जानकारी पाएको र बाटोमा पनि प्रधानमन्त्री ओलीले पटक पटक फोन गरेको दावी गरे । काठमाडौँ आएपछि उनिहरुलाई छक्काएर बाबुराम भट्टराईको गाडीमा भागेर निस्किएको यादवको भनाई छ ।

यादवको भनाई जस्ताको त्यस्तै सारमाः

म यो प्रकरणलाई के नाम दिएर भनौँ यो शैली अपहरण प्रकारको हो कि हैन । अलि अलि हल्ला त पहिले पनि चलेको थियो कि प्रधानमन्त्रीले हाम्रो पार्टीका केहि नेताहरुलाई प्रभावमा पार्न खोजिरहनुभएको छ । सुरुमा पूर्वआइजीपी सर्वेन्द्र खनालले प्रधानमन्त्री कार्यलयबाट फोन आएको थियो । प्रधामन्त्रीले भेट्न चाहनुभएको छ भन्नुभयो । भोली पल्ट फेरी १० बजेतिर खनालले फोन गर्नुभयो । मैले म लकडाउन खुलेपछि काठमाडौँ आउँछु अनि कुरा गरौला भने ।

तर, उहाँले काम परेर हामी यतै आएका छौँ । म घरमै आउँछु, तपाई घरमै बस्नुस भन्नुभयो । मलाई संका भयो र मसंग भएका दुइवटा मोवाइलका सीम निकालेर श्रीमतीको ज्वाइको भाइको नामको मोबाइलको सीम राखेर कुरा गरे । सीम परिवर्तन गरेर फेरी पोन गरे । मलाई उहाँहरु बोडरमा आउनुभएको होला भने लागेको थियो ।

खनालसंगै महेश बस्नेत र किसान श्रेष्ठ आउनुभयो । भरमा आएपछि काम गइहालौ भन्नेभयो । खान खाएर जाउँ भन्दा उहाँहरुले सांसद रामबाबुलाई भेटनुछ भनेर फोन गरे । तर, उठेन । त्यसपछि म तल आएर तत्काल डा बाबुराम भट्टराईलाई फोन गरे । फोन पहिलो पटक उठेन र एसएमएस गरेपछि बाबुरामले फोन गर्नुभयो ।

उहाँहरुले मलाई कर गर्नुभो । तपाई प्रति सरकारा पोजेटिभ । तपाइले सहयोग गर्नुपर्यो भन्नुभयो । ‘र’ र ‘वा’ जस्ता कुराहरु उहाँहरुले धेरै गर्नु भयो । यसले पनि मलाई संका लाग्यो । आफ्नै पार्टीमा पनि असन्तुष्ट छ भनेर मैले अध्यक्ष ज्यूलाई अवगत गराएको थिए । तपाइमाथि धेरै समस्या आउन सक्छ । भन्दै उहाँहरुले प्रधानमन्त्री साथमा हुनुहुन्छ भन्न थाल्नुभयो ।

मैले धेरै ढिलो गर्दा पनि उहाँहरुले हतार गर्नुभयो । त्यसपछि मैले मेरा विश्वासशिलो मान्छेलाई पछि लगाए । बर्दिवास पुगेपछि के कुरा हो भनेर सोधे । पार्टी फुटाउने कुरा भयो । तर, मलाई कुनै पनि सर्तमा अलग गाडीमा बस्न दिइएन । त्यसपछि जनकपुर गयौँ । सुरेन्द्र डा साव पनि भेटे ।

जनपुरको रामानन्द चोकमा अलिकति सूचना लिक भयो । फेरी बर्दिवास पुग्यौँ । मेरो बोवाइल रातो गाडीमा छुट्यो । अनी म अपहरणमा परेको कुरा लिक भयो । प्रदेशमन्त्री सम्म पुग्यो । सिन्धुलीमा आएर खाना खायो । काठमाडौ ल्याउदा काभ्रेमा खाना खुवानु भयो । उहाँहरुले पावरको कुरा गर्नुभयो ।

हामी ज होटलमा पुग्याँै । हाटेलमा जब मैले रुम पाए । ७०३ नम्बरको कोठा थियो होटल म्यारिडको । मैले उहाँलाई छुक्याएर होटलको रुम नम्बर अध्यक्ष र डा बाबुराम भट्टराईलाई पठाइसकेको थिए । उहाँहरु अलग रुममा हुनुहुन्थ्यो । होटलमा पुगेपछि थाहाँ भयो यो कामको जिम्मा गोकुल बास्कोटालाई दिएको थियो रे । बाटोमा आउदा किसान जीले फोन गरेपछि प्रधानमन्त्रीसंग पनि कुरा गराउनू भो । होटमा पनि उहाँहरु एक दुई जना आउने जाने गर्नु भएकै थियो ।

विहान ५ बजे फेरी आउनु भयो उहाँहरु कुरा गरौँ भन्नु भो । मैले ७ बजेतिर गरौला एकछिन सुतौ भनेपछि जानुभयो । यहि मौका छोपेर म मर्निक वाक गर्न मिल्छ भनेर सोधेर बाहिर निस्के । १५ मिटेर वाक गरे । त्यही समयमा डा बाबुराम भट्टराईको गाडी आयो । त्यसैमा म बाबुरामको घरमा पुगे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot