काठमाडौं, बैशाख १२ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि तरङ्गित बनेको राजनीतिले नयाँ मोड लिएको छ । अध्यादेश ल्याएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आश्चर्यचकित पार्दै वर्षौंदेखि मिल्न नसकेका मधेस केन्द्रित प्रभावशाली दुई दलबीच रातारात एकीकरण भएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच बुधबार राति एकीकरण भएसँगै बिहीबार निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । समाजवादी पार्टी विभाजन भएर बन्ने नयाँ दललाई सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको थियो । तर, पार्टी विभाजनबाट जोगाउनका लागि दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरण गरेर सम्भावित विभाजनबाट जोगाएका छन् ।
अध्यादेशपछि तरङ्गित बनेको राजनीति दुई पार्टीको एकताले अध्यादेश विवाद केही मत्थर भएको छ । समाजवादी पार्टीका असन्तुष्ट सात सांसदले पार्टी विभाजन गर्ने तयारी गरेपछि दुई पार्टीबीच हतारमा एकताको सहमति गरिएको हो ।नेपाल समाचारपत्र दैनिकबाट