Logo

डलर बढ्ने क्रम रोकियो



१२ वैशाख : पछिल्ला दिनहरुमा निरन्तर उकालो लागिरहेको डलरको विनिमय दरमा शुक्रबार ब्रेक लागेको छ।

शुक्रबार डलर ९६ पैसाले घटेर प्रति डलर खरिद मूल्य १२१ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १२२ रुपैयाँ २ पैसा कायम भएको छ।

अघिल्लो दिन डलरको खरिद मूल्य १२२ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १२२ रुपैयाँ ९८ पैसा रहेको थियो।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्