Logo

सर्वेन्द्र खनालले बालुवाटारबाट मलाई फोन गर्नुभएको थियो : सांसद यादव (भिडियोसहित)



काठमाडौं, १२ बैशाख । समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले आफूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फोन गरेको खुलासा गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता यादवले यस्तो बताएका हुन् । धमलाले आज (शुक्रबार) बिहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण हुने नियमित कार्यक्रम नेपाली बहसको लागि डाक्टर यादवसँग कुराकानी गरेका थिए ।

अपहरण काण्ड : गोकुल बाँस्कोटाले नसकेपछी महेसलाइ जिम्मा , पार्टी फोडे मन्त्रि बनाउने ओलीको अफर

पुरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस : https://youtu.be/1AWoaot9bNgहामीसंग फेसबुक, ट्वीटर, हाम्रो समाचार पढ्न तलको लिंकमा क्लिक गरौं :: Please Subscribe Our Youtube Channel: https://www.youtube.com/channel/UC-1U4VhMLNwdUvJp4Ed4q0QWebsite: http://radaionrn.com

Posted by Radio NRN on Thursday, 23 April 2020

धमलाले तपाई कसरी अपहरणमा पर्नुभयो ? भनेर राखेको जिज्ञासामा यादवले भने,”यसलाई अब के नाम दिने ऋषिजी ? म त कानूनको विद्यार्थी होईन् । म चाहीँ (अस्ति) मलाई प्रधानमन्त्री कार्यालयबाट सर्वेन्द्र खनालजीले फोन गर्नुभएको, म प्रधानमन्त्रीजीकहाँ छु, उहाँ तपाईलाई भेट्न खोज्नुभएको हो । कहाँ हुनुहुन्छ ? भनेर सोध्नुभयो । मैले भनें म त गाउँमा छु । यो लकडाउन खुलेपछि म आउँछु । कुरा यहाँबाट सुरु भयो । अनि कुरा सकियो त्यो बेला । मैले राम्रोसँग बुभिराखेको छैन् । मेरो गाउँमा नेटवर्क कमजोर थियो । मैले ठिक छ । म आएर भेट्छु । लकडाउनपछि भेट्छु । मलाई पनि भेट्ने ईच्छा थियो । त्यो बेलामा भेट्ने इच्छा थियो । यति कुरा भएपछि सकियो । त्यसपछि भोलि दश बजेतिर उहाँले मलाई फोन गर्नुभएछ । प्रधानमन्त्रीसँग कुरा पनि गराउनुभएको थियो ।”

उसो भए तपाई र प्रधानमन्त्रीबीच टेलिफोनमा कुरा भयो भनेर धमलाले सोधेको अर्को प्रश्नमा यादवले भने,”हजुर, उहाँ किसानजीले नै फोन गर्नुभएको थियो । उठाउनुभएन् । पछि उहाँको पिएले उठाउनुभएको थियो । त्यो म बाटोमा थिएँ । ठिक छ, म आउँदैछु । हजुरसँग म भोलि भेट्छु भनें । मैले त्यतिमात्रै भनेको सम्माननीयजी म भोलिमात्रै भेट्छु भनेर । अनि उहाँले भन्नुभयो अब फोरम र राजपापनि एकता भैहाल्यो । त्यसपछि कुरा त्यहाँ बुझिएन् धेरै कुरा । त्यसपछि म भनें भोलि होईन पर्सी म हजुरलाई भेट्छु । अनि म उहाँलाई नै दिए । फोन काटिदिनुभयो । त्यति कुरामात्रै भएको छ । तर, अझ डिटेलमा कुरा भएको छैन् ।”

उनले आफू र प्रधानमन्त्री ओलीबीच सम्वाद भएपनि विस्तृतमा केही कुरा नभएको स्पष्ट पारे । भेट्ने कुरा भएको र आफूले त्यसको लागि म आईरहेको छु भनेर भनेको पनि उनले सुनाए । उनले भने,”हजुरले पठाउनुभएकोहरुसँगै हुनुहुन्छ । म भेट्छु भनें । उहाँहरु संगै हुनुहुन्छ । उहाँहरुले पनि प्रधानमन्त्रीज्यू हामी आईपुग्न लागेका छौं भनेर ।” FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot