Logo

किरियापुत्रीलाई ल्याइयो सिमानाबाट घरमा



अर्घाखाँची, १२ वैशाख : भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनको बसाइकैक्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उहाँलाई काजकर्मका लागि घरमा ल्याइएको हो ।

स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले सङ्घीय सरकार र भारत उत्तर प्रदेश सरकारसंँग समन्वय गरी धनीश्वर र उनका छोरालाई लिएर आएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्