Logo

डा. भीमार्जुन आचार्यको टिप्पणी : “यही काम सर्वसाधारणले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो”



काठमाडौं, १२ बैशाख । संविधानविद् डा. भीमार्जुन आचार्यले समाजवादी पार्टीका सांसद डाक्टर सरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याईएको प्रकरणबारे कडा टिप्पणी गरेका छन् । आचार्यले यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लािग अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो भन्ने तर्क गरेका छन् । तर, यो घट्ना शक्ति निर्देशित र सत्ता संरक्षित भएकोले प्रहरीले चासो नलिएको पनि उनको दाबी छ ।

उनले सामाजिक सञ्जाल ट्विटरमा सांसद यादवलाई नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ, र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डाक्टर यादवलाई काठमाडौं ल्याईएको घट्नाबारे यस्तो टिप्पणी गरेका छन्-“यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीकालागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो । शक्ति निर्देशित र सत्ता संरक्षित घटना भएकाले प्रहरीले चासो लिने कुरा भएन। सत्ता उन्माद र शक्ति दुरूपयोगको यो पराकाष्टा हो। अति गरेपछि अनिष्ट हुन सक्छ, समय मै होस पुर्याउँ।”



प्रतिक्रिया दिनुहोस्