Logo

अल्पमतमा ओली !



वैशाख १२, काठमाण्डौ । पछिल्लो पाँच दिनको घटनाक्रमले प्रधानमन्त्री केपी ओली पार्टीभित्र अल्पमतमा छन् भन्ने स्पष्ट भएको छ । अध्यादेश जारी र फिर्ता प्रकरणले सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाभित्रको शक्ति समिकरणको पनि फेरबदल भएको देखिन्छ । उचित र समय सुहाउँदो निर्णय गर्दा प्रधानमन्त्री ओली अध्यादेश प्रकरणमा एक्लिएका छन् ।

नेकपाभित्रको शक्ति शमिकरण फेर बदल भइरहनु खासै नौलो कुरा त होइन । तर यो पटक देखिएको शक्ति समिकरणले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई राम्रै धक्का लाग्यो । हुन त विगतदेखि नै नेकपाभित्र नेताहरुबीचको धुब्रीकरण र नयाँ–नयाँ समिकरण बन्दै र भत्किदै आएको इतिहास छ ।

ओलीकै सक्रियातमा दल फुट्न सजिलो हुने गरी ल्याएको राजनीतिक सम्बन्धी अध्यादेश र संवैधानिक परिषद् सम्बन्धीको अध्यादेशमा आफ्नै उच्च निकतमका नेताहरुले समेत साथ नदिएपछि ओली अध्यादेशबाट पछि हट्नुपर्ने बाध्याता सृजना भयो । यसअघि पार्टीको केन्द्रिय कमिटि,स्थायी कमिटिमा त ओली अल्पमतमा पर्दै आएका थिएनै यो पटक सचिवालयमा समेत ठुलो अन्तरमा अल्पमतमा परे ।

पार्टीभित्रै समेत कुनै सामान्य छलफल समेत नगरी अध्यादशे जारी गरेको भन्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितको बहुमत सचिवालय सदस्याले अध्यादेशको विपक्षमा लागे । विगतमा सबैजसो कदममा साथ दिएका महासचिव विष्णु पौडेल पनि अध्यादेशको विपक्षमा उभिएर भैँसेपाटी भेलामा सहभागि भए ।

आफ्नो विश्वास पात्र जो सरकारमा उपप्रधान तथा रक्षामन्त्री समेतका रहेको सचिवालय सदस्य इश्वर पोखरेलले खुलेर अध्यादेशको पक्षमा बोलेको पाइएन । पार्टी एकता भए यताको नेकपा भित्रको शत्ति शमिकरण र धुव्रीकरणलाई नियाल्ने हो भने पनि त्यस्ता समिकरण बन्नुमा उही नेताहरुको स्वार्थगत राजनीति र पार्टी भित्र आफु कसरी शक्तिशाली भन्ने दाउ देखिदै आएको छ ।

स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपाल पक्षधर छन् । त्यहाँ पनि ओली अल्पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १४ छन् ।

नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका छन । गत मंसिरमा भएको पार्टीको केन्द्रिय कमिटि बैठकमा समेत अध्यक्ष ओली, दाहाल र नेपाल तिन गुटमा केन्द्रिय नेताहरु धुव्रीकृत देखिएको थियो ।

पार्टी एकीकरण हुंदा पार्टी पुर्वएमालेले ६० प्रतिशत र पूर्व माओवादीले ४० प्रतिशत हिस्सा लिने भनिए पनि नेकपामा अहिले ३ गुट सक्रिय छन् ।

यद्यपी पछिल्लो समय भने नेपाल र दाहाल एक पक्षीय देखिएपछि समग्रमा पार्टीको सवै तहमा ओली अल्पमतमा पर्दै गएको देखिएको छ । यसरी नेकपाभित्र देखिएको यस्तो धुब्रीकरण र नेताहरुविचको समिकरणले पार्टी थप कमजोर हुने विश्लेषण समेत हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्