Logo

सांसद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न देउवाको माग



काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आज प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्ताको क्रममा सभापति देउवाले अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै धन्यवाद दिएका थिए ।

भेटवार्ताबारे जानकारी दिँदै कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले यस्तो बताएका हुन् । भेटवार्ताको क्रममा देउवाले एक जना सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन जो जो संलग्न छन् तीनलाई कारबाही गर्नुपर्ने देशभरि माग उठेको र आफ्नो पनि सोही माग भएको कुरा प्रधानमन्त्री ओलीलाई भनेको पौडेलद्धारा प्रेषित विज्ञप्तीमा भनिएको छ । देउवाले यस सन्दर्भमा देशमा कानूनी राज भएकोले अनुशन्धान र कारबाही हुनुपर्ने बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्