Logo

एनसेलबाट टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने



काठमाडौँ १२ वैशाख  : एनसेलले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहककालागि एनसेल कोसेली अफर ल्याएको छ ।जसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई पठाउन सक्ने भएका छन् ।

एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र एक हजार एसएमएस रहेका छन् । एनसेल कोसेलीे अन्तर्गतका यी प्याकहरु बिहीबारदेखि लागु हुनेछ ।

एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित मात्र ६२.५७ रुपैयाँ र त्यसैगरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित ३१.९२ रुपैयाँमा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले ३ दिन भित्र र ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले सात दिन भित्र एनसेल नेटवर्क भित्र उक्त भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् ।

डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबीअल नेट, २०० एमबीफोरजी र २०० एमबी नाइट डेटा) मात्र ४४.६९ रुपैयाँमा उपहार स्वरुप पठाउन सक्नेछन् । उक्त डेटा प्याक ३ दिनको लागि मान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथिभाई तथा परिवारजनलाई २१०० एमबी डेटा (हरेकदिन ३०० एमबी ७ दिन सम्म) मात्र ९७.४ रुपैयाँमा उपहार दिन सक्नेछन् ।

यसका साथै प्रिपेड ग्राहकले एक हजार वटा एसएमएसको प्याक उपहार स्वरुप मात्र २४.२६ रुपैयाँमा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् ।

एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरी यो अफरको जानकारी पनि लिन सक्नेछन् ।उपहार वापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन ।

प्रिपेड ग्राहकले आफ्नो ईच्छा बमोजिम जति पटक पनि उपहार पठाउन सक्नेछन् ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्