Logo

रगत उल्टी गर्नु



रगत उल्टी गर्नु माथिल्लो गैस्ट्रोइंटस्टाइनल ट्रैक्टमा कतैबाट रगत बाहिर आउने हुन्छ, जसले मुख फेरनिक्स, खाने नली, पेट वा सानो आन्द्रामा असर गर्छ । यो खोकी रगत आउने भन्दा फरक हुन्छ । रगतको उल्टो सामान्यत रगतको धेरै मात्राको सन्र्दभित गर्दछ । उल्टिमा रगत ब्राइट रातो हुन्छ यो धेरै बिऊ जस्तै काला रंगको हुन्छ ।

रगत नाकबाट आउन लागेमा धेरै जोडले खोक्नुपर्छ । तर सामान्यत कुनै गम्भिर समस्याको कारण हुन्छ र यसमा तुरुन्त ध्यान दिनु पर्छ । प्राय रक्तश्राव छिटो रोकिन पनि सक्छ तर केहीमा भने यो गम्भिर र घातक हुन सक्छ । यसैले यसको समयमा नै उपचार गर्नुपर्छ तर पहिले नै सुनिश्चित गनूृ महत्वपुर्ण हुन्छ कि रक्तश्राव रोकिनु पर्छ । उपचारमा रगत जान रोक्ने र पेटको एसिड कम गराउने औषधि दिने र नशाको माध्यमबाट तरल पद्धार्थ दिनु पर्छ ।

कारण

  • लिवर खराब हुनाले
  • एस्पिरिन थेरापी
  • पेटमा क्यान्सर रहित ट्युमर
  • अल्कोलह सेवनले लिवरमा क्षति भएकाले
  • आन्द्रा खराब
  • खानाको नली क्यान्सर
  • एसोफेगत वेराइज
  • एसोफेजाइटिस
  • ग्यास्ट्रिक इरोजन
  • पेटमा नशा बढ्नाले
  • पेट सुन्निनु
  • उल्टी वा खोकीको औषधिले खाने नलीमा क्षति पु¥याएको हुनाले
  • आमाशयको क्यान्सर
  • प्याक्रियाज सुन्निनु
  • पेटको छाला
  • उच्च रक्तचाप
  • लामो समयसम्म धेरै उल्टी गर्नु

(यसको उपचार, लक्षण र जटिलताको बारेमा क्रमश भोली चर्चा गर्नेछौ )



प्रतिक्रिया दिनुहोस्