Logo

हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ



सल्यान, १२ वैशाख । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिकाका रावत पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot