Logo

भारतीय क्वारेन्टाइनबाट १०२ लाई नेपाल ल्याइयो, ३४० फिर्ता गरिदै



काठमाडौँ, १३ बैशाख । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरिएको छ । शुक्रबार १२५ जनालाई नेपाल ल्याउने गरी तयारी गरिए पनि स्वास्थ्य परीक्षणमा समय लागेकाले १०२ जनामात्रै नेपाल भित्रिएका छन् ।

अपरान्ह ४ बजेपछि भारतीय अधिकारीहरुले क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई बेलहियामा नेपाल सरकारको जिम्मा लगाउन सुरु गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले साँझ अवेरसम्म १०२ नेपालीहरु बेलहिया नाकाबाट जिम्मा लिइएको बताएका छन् । भारतको क्वारेन्टाइनमा करिव ३४० जना नेपााली बसेको र उनीहरुमध्ये पहिलो चरणमा १२५ जनालाई ल्याउने गरी तयारी थालिएको थियो । १०२ जना शुक्रबार आएकामा बाँकीलाई भने शनिबार ल्याइने छ ।

क्वारेन्टाइनमा बसेका सबै नेपालीलाई तीन चरणमा ल्याइने प्रमुख जिल्ला अधिकारी पन्थले बताएका छन् । नेपालीहरुलाई लिन प्रदेशसभा सांसद सन्तोष पाण्डे पनि बेलहिया नाका पुग्नुभएको थियो । तीन साताको क्वारेन्टाइन बसाई पूरा गरेपछि उनीहरुलाई स्वास्थ्य चेकजाँच गरी नेपाल ल्याउन सुरु गरिएको । उनीहरुको ¥यापिड टेष्ट गरेपछि नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजेटिभ देखिएकालाई आइसोलेसनमा पठाइने प्रदेशसभा सदस्य पाण्डेले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्