Logo

सांसद रोका स्वास्थ्य सामग्री लिएर जिल्लामा



रुकुमपूर्व, १३ वैशाख : प्रतिनिधिसभा सदस्य कमला रोका कोभिड– १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री लिएर गृह जिल्ला रुकुम (पूर्व) आइपुग्भएको छ । कोरोना भाइरस परीक्षणमा आवश्यक पर्ने थप सामग्री लिएर उनी जिल्लामा पुगेकी हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत विभिन्न संघसंस्थाको सहयोगमा १४ थर्मल गन, ४० थान पिपिई, मास्क र स्यानिटाइजरलगायत सामग्री काठमाडौँबाट ल्याइएको सांसद रोकाले जानकारीे दिइन । उनको अनुसार सात थर्मल गन राप्ती हाइड्रोपावर प्रोजेक्टले उपलब्ध गराएको हो ।

तीन हजार १५० थान मास्क र दुई बाकस स्यानिटाइजर उद्योग मन्त्रालयले उपलब्ध गराएको हो । चालीस थान पिपिई भने महावीर पुनको आविष्कार केन्द्रले सहयोग गरेको उनले बताए । सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री रुकुमपूर्वमा अभाव भइरहेको गुनासो आइरहेका बेला विभिन्न ठाउँबाट थप ल्याइएका सामग्रीले सम्भावित कोरोना सङ्क्रमित व्यक्तिको स्वास्थ्य जाँचमा सहज हुने बताइएको छ । जिल्लामा आवश्यक सामग्री उपलब्ध गराउनका लागि विभिन्न ठाउँबाट पहल भइरहेकाले स्वास्थ्यकर्मीलाई सुरक्षित र ढुक्क भएर बिरामीको सेवामा खट्न उनले आग्रह गरिन । जिल्लामा ल्याइएका ती सामग्री आवश्यकतानुसार सबै स्थानीय तह र जिल्ला अस्पतालमा वितरण गरिने जनाइएको छ ।

घरघरमै औषधि

गुल्मी– बन्दाबन्दीका कारण गाउँमा अलपत्र दीर्घरोगीका लागि सत्यवती गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराएको छ । सवारी साधन सञ्चालन नहुँदा अस्पतालसम्म पुगेर औषधि लिनका लागि समस्यामा परेका बिरामीका लागि पालिकाले घरघरमै औषधि पु¥याउन शुरु गरेको हो ।

दीर्घरोगी तथा लामो समयदेखि औषधि सेवन गर्दै आएका मुटु , श्वासप्रश्वास, कलेजो, हाडजोर्नी, मिर्गाैला, थाइराइड, युरिक एसिड, नशा, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्यालगायत रोगका बिरामीका लागि पालिकाका तर्फबाट पहिलो चरणमा एक महिनाका लागि निःशुल्क औषधि उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए।

गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको सहयोगमा दीर्घरोगीको नामावली संकलन गरेको थियो । पालिकाले अहिलेसम्म ६९१ दीर्घरोगीका लागि १०२ प्रकारका औषधि खरीद गरी निःशुल्क वितरण गरेको हो ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot